काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको तस्बिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माल्यार्पण गरेका छन् । स्वर्गीय कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित विशेष कार्यक्रममा उपस्थित प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जलीस्वप माल्यार्पण गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज बिहान काठमाडौंमा आयोजित समारोहमा स्वर्गीय कोइरालाको तस्बिरमा माल्यार्पण गरे ।
पूर्व सभापतिकोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । कोइरालाले मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।
विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्