Ads

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक उपाध्यक्ष अर्यालले सञ्चालन गर्ने


काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक उपाध्यक्ष उर्मिला अर्यालले संचालन गर्ने भएकी छिन् ।अध्यक्ष गणेश तिमल्सिना काठमाडौं उपत्यकाबाहिर रहेकोले उपाध्यक्ष अर्यालले पहिलो पटक बैठक शुरू गर्न लागेकी हुन् । उपाध्यक्षले बैठक शुरू गर्न लागेको यो पहिलो पटक हो ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ४ मा अध्यक्षको अनुपस्थितीमा उपाध्यक्षले बैठक प्रारम्भ तथा स्थगन गर्ने व्यबस्था छ । ‘अध्यक्षज्यूले उपाध्यक्षज्यूलाई आज र भोलि (असार १८ र १९ गते) को राष्ट्रिय सभा बैठकका लागि लिखित निर्देशन दिइसक्नुभएको छ’ सचिवालय स्रोतले भन्यो ।

राष्ट्रिय सभामा आज प्रतिनिधि सभाबाट पारित भएर आएको विनियोजन विधेयक अन्तरगत विभिन्न मन्त्रालय अन्तरगत विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ ।

Ads

सम्बन्धित पोष्टहरू