Ads

सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा जारी, कोशी प्रदेशको मुख्यमन्त्रीबारे निर्णय लिन


काठमाडाैँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार अपराह्न बैठक बसेको हो । एमाले नेतृत्वको सरकार ढलेपछि कोशीमा गठबन्धनले नयाँ सरकार गठनको कसरत गरिरहेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेशमा सहमति जुट्न नसकेपछि यो विषयमा केन्द्रले निर्णय लिन लागेको हो । असार २१ सम्म दाबी पेश गर्न प्रदेश प्रमुखले समय दिएका छन् ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत गठबन्धनका नेताहरू सहभागी छन् ।

केन्द्र सरकारमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई सहभागी गराउनेबारे पनि आज छलफल हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू