Ads

सुत्केरीलाई घरैमा पोषण सामाग्री


झापा\ बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम कम गर्न झापाको मेचीनगर नगरपालिकाले नगरका प्रत्येक वडामा सरसफाई तथा पोषण सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रममा सञ्चालन गरीरहेको छ । बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम उत्तिकै रहने भएकाले नगरपालिकाको स्वास्थ्य शाखाले नगरका १५ वटै वडामा यस्ता सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेकोे स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिईन् । स्वास्थ्यकर्मीहरुको टोलीले मेचीनगरका गर्भवतीहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य परामर्श समेत दिने गरेका छन् ।

नगरका गर्भवती महिलालाई स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परामर्श मात्र दिने गरेको छैनन् नेपाल सरकारले अघि सारेको ‘होम डेलीभरी ’(घरमै सुत्केरी गराउने परम्पराको अन्त्य) का लागि र अस्पतालमै पुगेर प्रसुती गराउन प्रोत्साहन गराउने तथा नगरमा मातृ तथा शिशु मृत्युदर घटाउने उद्घेश्यले सुत्केरी पोषण खानेकुरा लिएर प्रत्येक वडा वडामा पुग्ने गरेकका छन् । १ केजी ध्यु ,१ केजी मह , १ केजी गेडगुडी वितरण गर्दै गर्भवतीलाई पोषिलो खानेकुरा उपलब्ध गराउँदै आएको छ ।

पोषिलो खानेकुरासँगै शारीरिक तथा मानसिक रुपमा जटिल अवस्था झेलिरहेका गर्भवतीलाई विभिन्न संक्रमणबाट बच्न र पेटमा रहेको शिशुको ख्याल गर्न अपनाउनुपर्ने सतर्कताका विषयमा स्वास्थ्यकर्मी मार्फत परामर्श समेत दिईएको स्वास्थ्य शाखा संयोजक निरौलाको भनाई छ । पेटमा रहेको शिशु कसरी स्वस्थ्य राख्ने र सुरक्षित रुपमा सुत्केरी हुन सकिन्छ कि सकिन्न भन्ने मानसिक तनाव बाट टाढा राख्न यो पनि यो सचेतना कार्यक्रम महत्वपूर्ण रहेको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू