काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् । पार्टीको संगठन विस्तारका क्रममा कैलाली पुगेका लामिछानेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भन्दै आफूहरू अस्थिरताको पक्षमा नरहेको बताएका हुन् ।
एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको दाबी गरे ।
लामिछानेले भने– ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ । तर, हामी अझै केही समय हेर्छौं । यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ ।’
आफूहरु देशव्यापी संगठन निर्माणमा केन्द्रित रहेको बताउँदै लामिछानेले सरकार ढाल्ने विषयमा सहभागी नभएको र त्यसमा हाम्रो इन्ट्रेस्ट पनि नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्