Ads

संसदीय समितिको सभापति चयन गर्ने बाटो खुल्याे: सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापति चयन गर्ने बाटो खुलेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष तीन दलका नेताहरूसँग छलफलपछि उनले सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने बताए।

सभामुख घिमिरेले भने, ‘लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन छ। ज्येष्ठ सदस्यहरूबाट बैठक चलाइराख्नुपर्ने अवस्था छ। त्यो परिस्थितिको अन्त्य गर्नुपर्छ। तपाईँले मलाई चुनाव गर भन्नुहुन्छ भने मिलाउनुहुन्छ कि के गर्नुहुन्छ ? तपाईँहरूले प्रयास गर्नुभएन भने मैले मेरो स्टेप चाल्नुपर्ने हुन्छ भनेँ।’

उनले अब अविलम्ब टुङ्ग्याइहाल्नुपर्छ भन्ने विषयमा शीर्ष तहमा सहमति भएको जिकिर गरे।

Ads

सम्बन्धित पोष्टहरू