Ads

बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा


काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारेको हो ।

गएको बिहीबार सर्वोच्च अदालतमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह,भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट हदम्याद सकिइसकेको मुद्दामा पक्राउ गरिएको भन्दै दायर रिटहरू दायर गरिएको थियो ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन अधिकृतद्वय सुरेन्द्रमान कपाली र हुपेन्द्रमणी केसीलाई पनि व्युरोको टोलीले पक्राउ गरेको थियो । तर यी तीनै जनाले अदालतको अन्तरिम आदेश देखाएपछि प्रहरीले उनीहरुलाई रिहा गरेको थियो । यद्यपि, प्रहरीले यसका विरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू