Ads

गरिबी निवारणका लागि भाषण गर्ने भन्दा पनि आधुनिक कृषि प्रणाली ल्याउने सरकारको खाँचो छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेशा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी बिभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दिगो विकास नै कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गरे ।

स्रोत र सम्भावना अथाह हुदाहुदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाई छ । कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनको भनाई छ ।

अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए । अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गरे ।

कृषिमा गरिने लगानी प्रभावकारी बनाउदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफै घर आउने दाबी गरे । ओलीले गरिबी निवारणका लागि भाषण गर्ने भन्दा पनि आधुनिक कृषि प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताए । कृषिलाई उद्योगका रुपमा विकास गर्दै देशकै आर्थिक मेरुदण्ड बनाउन सकिए मात्रै नेपालको आर्थिक प्रणाली दिगो हुने ओलीको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू