Ads

उपत्यकामा पछिल्लो २४ घण्टामा २२ सय सवारी चालक कारबाहीमा


काठमाडौँ । ट्राफिक नियम उल्लङ्घनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् ।

जसअनुसार मापसेमा ६९, लेन उल्लङ्घनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन् । यसैaगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७  र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू