Ads

बजेट माथिको छलफल कायमै


काठमाडौँ- राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजे बस्ने भएको हो ।

आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू