काठमाडौं । गृह मन्त्रालयको शान्ति, सुरक्षा महाशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्।।
हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो ।
बस्नेत ८ वर्ष सहसचिव बनेका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रूपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् । उनले राष्ट्रिय पन्जिकरण विभागको महानिर्देशकका रूपमा पनि काम गरेका थिए ।
प्रधानमन्त्रीको कार्यालयका सहसचिव तथा भूकम्प प्राधिकरण कार्यालयका सहसचिवका रूपमा पनि काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्