Ads

प्रीतम सिंहबारे प्रधानमन्त्रीकाे अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत: एमाले


काठमाडौं । सरदार प्रीतम सिंहबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय भएको एमाले सांसद ठाकुर गैरेले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

सोही विषयमा एमालेले आपत्ति जनाएको हो । प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बैठक बस्दै छ ।

 

Ads

सम्बन्धित पोष्टहरू