Ads

लेकाली आलुको उत्पादन वृद्धी


इलाम : यो वर्ष आवश्यक मात्रमा वर्षा भएसँगै इलामका लेकाली क्षेत्रका आलु किसानको आलु उत्पादनमा वृद्धि भएको छ । आलु उत्पानदमा वृद्धि हुनका साथै भाउ समेत राम्रो पाएपछि आलु किसानहरु हर्षित भएका छन् ।

माईजोगमाई गाउँपालिकाको नयाँबजार ,जोगमाई ,प्याङ एवम् सन्दकपुर गाउँपालिकाको जमुना, माबु, माईमझुवा र माईपोखरीको माथिल्लो भेकमा हजारौं हेक्टरमा रोपेको आलु विगत वर्षमा भन्दा दुई गुना धेरै फलेको माईमझुवाका किसान पुष्पा गुरुङले बताइन् ।

आलु फलेसँगै बजार भाउ पनि राम्रो आएकोले लेकाली आलु किसानहरु खुशी भएका छन् । अहिले व्यापारीहरुले घरघर र बारीबाटै प्रतिमन १३ सय देखि १५ सय दिएर लाने गरेका छन् ।

त्यस ठाउँ जिल्लाको माथिलो क्षेत्र भएकोले अत्याधिक चिसो हुने गर्छ । त्यसैले आलु बाहेक अन्य खेती हुँदैन । यहाँका किसानहरुको आम्दानीको मुख्य श्रोत आलु खेती नै हो । त्यसैले यो वर्ष आलु फलेसँगै भाउ पनि आएकोमा किसान दङ्ग परेका छन् ।

धेरै लेकाली किसानहरुले असार दोस्रो सातासम्म आलु खन्ने समय भएपनि थप भाउ आउने पर्खाईमा आलु खनेका छैनन् । यस बेलाको लेखाली आलु आउँदो सिजनमा तल्लो क्षेत्रमा हिउँदे आलुको लागि बीउ हुने भएकोले अहिले नै तल्लो भेगका किसानहरुबाट आलु अध्याधिक माग आइरहेको माईजोगमाई ६ बिक्रम थेबे बताउँछन् ।

केही समयपछि भारती व्यापारीहरु समेत किसानहरुको घरघर छिर्ने भएकोले आलुको मूल्य महङ्गो हुने भएकोले सुरुमा नै आलु बीउ किन्न लागेको हो । गएको साल आलु नफलेकोले मुस्किलले बीउ मात्र जोगाएको थेबेले यो बर्ष राम्रो आलु फलाएकोले राम्रो पैसा हात पार्न सफल भए । अहिले आलुको माग धेरै आएको थेबेको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू