Ads

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ५० बढी घाइते


एजेन्सी

पाकिस्तान । पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् । ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको मृत्यु भएको पाकिस्तानको उद्धार विभागले जनाएको छ ।

पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । अस्ति र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू