Ads

कोशी प्रदेशमा कांग्रेसका सुनुवार र एकिकृत समाजवादीका जवेगु बने मन्त्री


काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी)बाट एक–एक जनालाई मन्त्री बनाएका हुन् ।

आज विस्तार भएको मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट प्रदेश सांसद प्रदीप सुनुवार र एकिकृत समाजवादीबाट कमल जवेगु मन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री थापाले उनीहरु दुवै जनालाई विना विभागीय मन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।

सरकारमा जाने पककापक्की भएको नेकपा (माओवादी केन्द्र)ले भने मन्त्रीको नाम टुंगो लगाएको छैन । ४ जना मन्त्रीको शपथ गराउने तयारी भएपनि माओवादीले आन्तरिक विवादका कारण मन्त्री पठाउन नसकेको बताइएको छ । यसअघि माओवादी केन्द्रले जीवन आचार्यलाई मन्त्री बनाउने चर्चा चलेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू