Ads

ललिता निवास प्रकरणमा कसैलाई नसोधी दोषी पक्राउ गर्नुस् : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका जोकोहीलाई पनि नछोड्न प्रहरीलाई निर्देशन दिएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्याक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढेकोले त्यस्तो दोषीहरुलाई पक्राउ गर्न कसैलाई सोध्नु नपर्नेसमेत बताएका हुन् ।

दोषी नउम्किन् र निर्दोष नफसुन् भनेर सरकार लागि परेको भन्दै उनले अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने बताए । अपराध, दुष्कर्म र ठगी गर्नेका दिन गएको उनको भनाइ रहेको छ ।

उनले भने– ‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अहेड भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

Ads

सम्बन्धित पोष्टहरू