Ads

कार्यव्यवस्था परामर्श बैठक जारी : संसद् चल्न नदिने एमालेको अडान


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ।

संसद् भवन वानेश्वरमा जारी बैठकमा संसद्‌मा देखिएको अवरोधको विषयमा छलफल भइरहेको छ ।

बैठकमा नेकपा (एमाले)ले संसद् चल्न नदिने अडान राखिरहेका छन् । संसद्‌मा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक बोलाएका थिए ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ ।

भारतले चाहेमात्र नेपालमा सरकार बन्ने आशयको अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिएपश्चात् बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेले समस्या खडा गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू