पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय कमलको निधन भएको छ । बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो ।
खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो । उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए ।
स्वर्गीय पाण्डेको पार्थिव शरीर शनिबार बिहान ८ देखि साढे ८ बजेसम्म तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ । उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने गैरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्