Ads

मन्त्री किरातीसँगै वृक्षरोपणमा कलाकर्मी


ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीसहित कलाकारले शनिबार सानो हात्तीवनमा वृक्षरोपण गरेका छन् ।

ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा गरिएको वृक्षरोपणमा गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकार रीता थापामगर, दुर्गा रायमाझी,दीपक खड्का, पूर्णकला विसी, शिरिष देवकोटा, दामोदर भण्डारीलगायत सहभागी थिए।

“आजको सुरुआत वृक्षरोपणबाट भयो । यिनको संरक्षणमा ध्यान दिनु आवश्यक छ”, अभिनेता सिग्देलले भने। किरात समाज महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ज्याकारान्डा, धुपीलगायत जातका बिरुवा रोपिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू