काठमाडाैं। कोशी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ। निवर्तमान मुख्यमन्त्री एवम् कोशी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका हुन्।
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्वव थापा नियुक्त भएका छन्। नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो। उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्