Ads

दैनिक सडक दुर्घटना बढ्न थाल्यो -‘सूक्ष्म अध्ययन जरुरी देखियो’ : अध्यक्ष ओली


काठमाडौँ । दैनिक रूपमा भएका सडक दुर्घटना बढेको प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन् । दैनिक रूपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थालेको भन्दै ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने जनाएका छन् ।

‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले भनेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

Ads

सम्बन्धित पोष्टहरू