काठमाडाैँ । मिटर ब्याजविरुद्धको कानुन पारित गराउन माग गर्दै मिटर ब्याज पीडितहरूले संघीय संसद् भवन घेराउ गरेका छन् ।
मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालको आयोजनामा पीडितहरू र्यालीसहित नयाँ बानेश्वर पुगेर विरोध प्रदर्शन गरेका हुन् ।
धानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत रास्वपा र राप्रपाले संसद् अवरुद्ध पारेपछि मिटर ब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको थियो ।
लगातार तीन दिन बैठक अवरुद्ध गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे संसदमा जवाफ दिने सहमति बनेको छ।
शीर्ष नेताहरू संसद खुलाउने छलफल गरिरहँदा पीडितहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गर्दै पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्