Ads

संसद्काे अवराेध हटाउने सहमति भएपनि प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी सर्‍यो


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक नबस्दै सूचना टाँस गरेर सारिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले सूचना टाँस गरेर बैठक असार २५ गते ३ बजेका लागि सारिएको जाकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको एमालेसँग आजै सहमति भएको थियो ।

यसअघि, आजै दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले ३ बजेसम्मका लागि सारेका थिए ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू