Ads

सरकार संसदीय समिति र संसद् चलाउन जिम्मेवार देखिएन : योगेश भट्टराई


काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको आरोप लगाएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसद्का बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे ।

‘समितिहरु भनेको सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसदका अंग हुन्, यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ, किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ।’ उनले भने ।

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरु सरकार र सरकारका निकायहरुले बिना शर्त कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले भने, ‘समितिले दिएका निर्देशनहरु नेपाल सरकार र सरकारका निकायहरुले बिना शर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनु पर्छ ।’

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरु सरकार र सरकारका निकायहरुले बिनाशर्त कार्यान्वयन गर्नुपर्ने बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू