काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष स्पष्टीकरण पेश गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असार १२ गते सात दिनको स्पष्टीकरण सोधेका थिए । तर, मन्त्री किरातीले गोप्य कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै स्पष्टीकरण दिएका थिएनन् ।
स्पष्टीकरण दिन अटेरी गरेपछि मन्त्री किरातीले बिहीबार पुनः तीनदिने स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण नदिनुको कारण स्पष्ट रुपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ दिन आग्रह गरिएको थियो ।
महानिर्देशक अधिकारीले अन्तिम दिन स्पष्टीकरण बुझाएका हुन् । मन्त्री किरातीका प्रेस सल्लाकार राजन राईले स्पष्टीकरण बुझाएको बताए ।
प्रतिक्रिया दिनुहोस्