काठमाडाैँ । प्रमुख तीन दलको बैठकलगत्तै नेकपा (एमाले) संसदीय दलको बैठक सुरू भएको छ।
एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बसिरहेकाे हो।
संसद्को अवरोधबारे पार्टीको थप रणनीति बनाउन संसदीय दलको बैठक बसिरहेकाे हो।
केहीबेर अघि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएपछि एमालेले संसदीय दलको बैठक बाेलाएकाे हाे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद्का दुवै सदन अवरुद्ध गर्दै आइरहेको छ। प्रतिनिधिसभाको बैठक आज ३ बजे बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्