Ads

बैतडीमा ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा ठूलो मानवीय क्षति


काठमाडौं । बैतडीमा ३९ जना यात्रु बोकेको यात्रुबाहक बस दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ । प्रहरीले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा २६ जना यात्रु गम्भीर घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

जिल्लाको मेलौरी नगरपालिका–७ सुवाखालीमा दुर्घटनाग्रस्त हुँदा पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको उपचारकोक्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ ।

लु २ ख २०११ नम्बरको बस पञ्चेश्वरको चिरचौरबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरेर थप उपचारका लागि प्रहरीले डडेल्धुरा अस्पताल पठाएको छ भने सामान्य घाइते बनेकाहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू