Ads

प्रधानमन्त्रीलाई गोकुल बाँस्कोटाको प्रश्‍न : तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्य झण्डा ?


काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्ति आपत्ति जनाउँदै एमाले सांसद गोकुल बाँस्कोटाले ‘तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्यको झण्डा’ उठाउने भन्दै प्रतिनिधिसभाको बैठकमा प्रश्न गरेका छन् ।

गत बुधबारदेखि प्रतिनिधिसभाको बैठकमा देखिएको गतिरोध खोल्ने सहमतिपछि सोमबार एमाले बाँस्कोटाले पार्टीको तर्फबाट समय लिएर बोलेका थिए ।

‘राजनीतिमा एक माघले जाडो जाँदैन। एकले अर्कालाई वाच गरिरहेको हुन्छ। उहाँले राजीनामा दिनुपर्छ। उहाँले एक्सक्युज गर्नुपर्छ।

उहाँले हामीलाई र जनतालाई आश्वास्त पार्ने काम हुन्छ कि हुँदैन। हाम्रो ध्यान त्यहाँ रहन्छ। प्रधानमन्त्रीले संसदलाई स्पष्ट पार्नुपर्छ। उहाँले सक्नुहुन्छ भने देशका लागि उभिनूस। पद छोडिदिनुस्। सत्ता स्वार्थका निम्ति देशको सार्वभौम सत्ता साट्न सकिँदैन,’ उनले भने।

सांसद बाँस्कोटाले सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकारमाथि कू गरेको आरोप लगाएका छन्। ‘गठबन्धनको बैठक बसेर त्यहाँको सरकार कू गर्ने काम गर्यो।

राजनीति कू गर्ने काम गर्यो। संविधान च्यात्ने काम गर्यो,’ उनले भने।

Ads

सम्बन्धित पोष्टहरू