Ads

रवि र राजेन्द्रको एउटै स्वर, यो संसद तीन दलको मात्र हो ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन दलले मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले तीन दलले इच्छा अनुसार सदन सञ्चालन गर्दा जनताका मुद्दाहरु ओझेलमा परेको बताएका हुन् । उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पटक पटक विवादमा आउने गरेको भन्दै उहाले अभिव्यक्ति प्रकट गर्दा सजकता अपनाउन सुझाव पनि दिए ।

आफैँले छिमेकीले प्रधानमन्त्री बनाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको उनले बताए । उनले रास्वपा प्रतिपक्षको भूमिकामा रहेर आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको भन्दै प्रमुख प्रतिपक्षको एजेण्डामा आफ्नो दललाई मुछ्ने जालसाजीपूर्ण क्रियाकलाप भएको जिकिर गरे । लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि

सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पार्दै अन्तिम समयमा सदनमा मिटरव्याज सम्बन्धी कानून ल्याउनुको कारण माग गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रतिपक्षमा रहेका सबै दलले त्यसको विरोध गरेपनि यसअघिको सदनको बैठकमा नियम मिचेर प्रमुख प्रतिपक्षी र सत्तापक्षलाई मात्रै बोल्न दिएको बताए ।

उनले प्रधानमन्त्रीले नैतिकता जीवित छ भने राजीनामा दिनुपर्ने जिकिर गरे । उनले मिटरव्याज सम्बन्धी कानूनप्रति प्रतिपक्षीको विरोध रहेको भाष्य सिर्जना गर्न खोजिएको भन्दै आपत्ती जनाए । त्यस्तै नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले मुलुकको सार्वभौमिकताको प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

Ads

सम्बन्धित पोष्टहरू