Ads

नेपालका एकै परिवारका तीन जनाको मृत्यु


काठमाडौं-भारतको हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ।

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीन जनाको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले  जानकारी दिनु भयो।

सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उहाँकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो।

उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए। देबबहादुर र भिमाका जेठा छोरा लोकेन्द्र वली पनि भारतमै उनीहरूसँगै बस्दै आएका थिए।

तर, सोमबार बिहान पहिरो आउँदा बाहिर भएकाले जोगिएको खबर आफूले पाएको वडाध्यक्ष खड्काले बताउनु भयो।

उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको थियो। कान्छा छोरा मोहन भने यसै वर्षमात्र एसईई परीक्षामा सहभागी भएर भारत गएका थिए। अहिले गाउँमा भने बुहारीमात्रै रहेको खड्काले बताउनु भयो ।

Ads

सम्बन्धित पोष्टहरू