काठमाडाैँ । कोशी प्रदेश सरकार गठन विरूद्धको मुद्दा लगातार तेस्रो दिन हेर्न नभ्याइने भएको छ।
मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दा हेर्न नभ्याइने भएको हो।
न्यायाधीश श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेशी १४ औं क्रममा थियो। उनले आज बन्दी प्रत्येक्षीकरणबाहेकका सबै रिट हेर्न नभ्याइनेमा राखेका छन्।
कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्न सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि एमाले सर्वोच्च पुगेको थियो।
शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले शुक्रबार वारेसमार्फत प्रदेश प्रमुख पर्शुराम खापुङ, नवनियुक्त मुख्यमन्त्री उद्वव थापा र सभामुख बाबुराम गौतमविरूद्ध मुद्दा दायर गरेका थिए।
प्रतिक्रिया दिनुहोस्