Ads

अध्यक्ष ओलीले बोल्दा बोल्दै बालिकाले माइक खोसेपछि ……


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार काठमाडौँमा भएको एक कार्यक्रमका बीचमा बोल्दा गर्दा एक बालिकाले मञ्चमै आएर माइक खोसेकी छिन् ।

नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले सम्बोधन गरिरहेका बेला एक बालिका एकाएक मञ्चमा आएर माइक खोसेकी हुन् । ती बालिकाले माइक खोसेर आफै बोल्न थालिन् । बालिकाले माइक समातेर केहीबेर ‘फु..फु..’ पनि गरिन् ।

बालिकाले माइकमा बोलेको भने बुझिएन। बालिका अझै बोल्न खोजेपछि ओली आफैले ती बालिकालाई अर्को माइक तानेर मुखछेउमा लगिदिए । ती बालिकाले पुन बोलिन तर कुरा बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालिकालाई कसैले मञ्चबाट लग्यो ।

मञ्च छाड्नुअघि ओलीले बालिकालाई भने, छोरी अव तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है !’ ती बालिकाले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्के । अनि ओली पुन बोल्न थाले र उनले भने, ‘नातिनीले नेता हुने छाँट देखाइन् ।’

Ads

सम्बन्धित पोष्टहरू