काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीसीपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।
प्रतिक्रिया दिनुहोस्