Ads

प्रधानमन्त्री परिवारलाई समवेदना दिन नर्भिक अस्पताल पुगे शीर्ष नेताहरू


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता पुग्ने क्रम जारी छ । प्रधानमन्त्री परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, पत्नी आरजु राणालगायत पुगेका छन् । अरू नेताहरू पुग्ने क्रम जारी छ । सीताको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भए पनि निधनको खबरसँगै सुभेक्षुकहरुको अस्पतालमा भीड छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उपचारकै क्रममा सीताको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।

यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन । सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू