Ads

सीता दाहालको निधनमा नरेन्द्र मोदीले नेपाली भाषामा दिए श्रद्धाञ्जली


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दागहालको निधन भएकोप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । बुधबार बिहान दाहालको निधन भएको खबरले आफू मर्माहत भएको उनको ट्वीटर ह्याण्डलमा उल्लेख छ ।

मोदीले नेपाली भाषामै लेखेका छन् । उनले लेखेका छन् – ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति ।’

लामो समयदेखि अस्वस्थ रहेकी दाहालको आज बिहान निधन भएको थियो । उनको आज बिहान ८ बजेर ३३ मिनेटको समयमा नर्भिक अस्पतालमा निधन भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू