Ads

सीता दाहालको निधनमा पूर्वराजारानीद्वारा शोक व्यक्त


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गरेका छन् ।

सीता दाहालको बुधबार नर्भिक अस्पतालका उपचारका क्रममा निधन भएको हो । पूर्वराजारानीका तर्फबाट प्रमुख सचिव पशुपतिभक्त महर्जनले कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय पुगेर सीता दाहालप्रति समवेदना व्यक्त गरेका हुन् ।

उनले माओवादीका महासचिव देव गुरुङलाई भेटेर पूर्वराजारानीको समवेदना सुनाएका थिए । मन्त्रिपरिषद्  प्रधानमन्त्री दाहाल भने बैठकमा सहभागी हुन सिंहदरबार गएकाले महर्जनको उनीसँग भेट हुन सकेन ।

Ads

सम्बन्धित पोष्टहरू