Ads

प्रधानमन्त्री प्रचण्डले दिए पत्नी सीतालाई दागबत्ती


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी स्वर्गीय पत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिएका छन् । पत्नी सीताको अन्तिम संस्कारका क्रममा प्रचण्डले पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् ।

आज मन्त्रिपरिषद् आकस्मिक बैठक बसी सीतालाई ‘फस्ट लेडी’का रुपमा राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम राष्ट्रिय सम्मानका साथ उनको बिदाई गरिएको छ  ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट पुर्याइएको हो । त्यसअघि, उनको शव श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू