Ads

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ सकियाे, आदेश आजै आउने


काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ सकिएको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा भएको सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

कोशी प्रदेश सरकारको बर्खास्तको माग राख्दै सर्वोच्चमा रिट दायर भएको थियो। रिटमाथिको आदेश आजै आउने भण्डारीले बताए।

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर भएको विरोधमा एमालेले अदालतमा रिट दायर गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू