Ads

समरजंग कम्पनीका सहलेखापाल पक्राउ, पक्राउ पर्नेकाे संख्या १७ पुग्याे


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले उनलाई काठमाडौंको चावहिल क्षेत्रबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । त्यसमा समरजंग कम्पनीका तीन जना कर्मचारी रहेका छन् ।

सीआईबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू