Ads

भ्रष्टाचारको मुद्दा : झापा गाउँपालिकाका अध्यक्ष निलम्बित


झापा । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडकखण्डअन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि साहले उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक दिएका छन् ।

आफूविरुद्ध अभियोग लागेपछि कानुनले नै बन्देज गरेकाले कार्यबाहक दिएर पदमा नबसेको साहले जनाए । अख्तियारबाट पत्र आइनसकेकाले पत्र प्राप्तिपछि आफू पनि अदालत जाने उनको भनाइ छ।

करिब २२ लाख रूपैयाँ रकम भुक्तानी दिएको आरोप अख्तियारले लगाएको छ । प्राविधिकको इस्टमेट, वडा कार्यालयको सिफारिस, काम सम्पन्नको अनुगमन र निरीक्षण गरेको उपाध्यक्षसहित समितिको सिफारिस, उपभोक्ता समितिले निर्माण गरेको कामलाई आफूले भूक्तानी दिएको साहले जनाए । साहसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा परेको छ ।

Ads

सम्बन्धित पोष्टहरू