काठमाडौं । खेलकुदमन्त्री डिग बहादुर लिम्बुले खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटका बिभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लिम्बुले पूर्वधारको क्षेत्रमा मन्त्रालयको पूँजीगत खर्च ९ प्रतिशत मात्रै देखिएकाले आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका हुन् ।
उनले एक बर्षभित्र साहसिक पर्वतीय खेलकुद प्रतियोगीता आयोजना गरेर पर्यटन क्षेत्रको बिकास गर्ने बताए । क्रिकेटको सफलतालाई मध्यनजर गर्दै किर्तिपुर, मुलपानी र विराटनगर र नारायणी रंगशालालाई सुविधासम्पन्न बनाएर १२ महिना नै अन्तराष्ट्रिय खेल खेल्ने वातावरण निर्माण गर्ने उनले बताए ।
मन्त्री लिम्बुले राष्ट्रिय खेलाडीहरुको जीवन बीमा गरेर ढूक्कसंग खेल खेल्ने अवसर सरकार प्रदान गर्ने जिकिर गरे । उनले १५ बर्षमूनीका बालबालिकाहरुलाई विद्यालयस्तरबाटै खेलका माध्यमबाट बिकास गर्न आगामी आर्थिक वर्षको बजेटका आवश्यक व्यवस्था गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्