Ads

३ सय ९५ घटना, ३८ जनाको मृत्यु, विद्युतीय क्षेत्रमा ९ अर्वको क्षती


काठमाडौं । यस वर्षको मनसुन सुरु भएपछि नेपालमा बाढी, पहिरो र चट्याङका ३ सय ९५ वटा घटना भएका छन् । ती घटनामा परेर ३८ जनाको मृत्यु भएको छ भने २५ जना अझै बेपत्ता छन् । पशु चौपायामात्रै २ सय ६८ वटाको मृत्यु भएको छ ।

गत जेठ ३१ गतेबाट सुरु भएको मनसुनपछि ७० वटा सडक र ९ पक्की तथा मोटरेबल पुलमा क्षति पुगेको छ । त्यस्तै २२ झोलुङ्गे पुल र २८ वटा संघीय खानेपानी योजना बाढी र पहिरोले बगाएको छ । मनसुन पछि सबैभन्दा बढी विद्युतका संरचनामा क्षति पुगेको छ । १७ निर्माणाधीन, १३ ठूला र ३१ लघुसहित ६१ वटा विद्युत् आयोजनामा क्षति पुग्दा ९ अर्बभन्दा बढीको क्षति भएको छ ।

गतवर्षको तुलनामा यस वर्ष प्राकृतिक विपदका कारण मानवीय क्षति कम भए पनि भ‌ौतिक संरचनामा भने बढी क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन बाँकी नै रहेकाले क्षति अरु बढ्न सक्ने छ ।

Ads

सम्बन्धित पोष्टहरू