Ads

यसरी मनाईयो भानु जयन्ती


काठमाडौं\ २१० औं भानुजयन्ती विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसै  अवसरमा काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरि दरबार हाइस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो ।

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, कुलपति भुपाल राई, विभिन्न स्कुलका विद्यार्थीहरु लगायत सहभागी थिए ।

विद्यार्थीहरु भानुभक्तले लगाउने जस्तै पोशाक लगाएर प्रभातफेरीमा सहभागी भएका थिए । केही विद्यार्थीहरु भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायण कथाका पात्रहरुजस्तै बनेका थिए ।

कार्यक्रममा सहभागीहरुले भानुभक्तको शालिकमा माल्यार्पण गर्दै भानुभक्तका योगदानहरुको चर्चा गरेका छन् ।

तनहूँको चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मिएका भानुभक्तले १९१० सालमा ‘भानुभक्तीय रामायण’ महाकाव्य लेखेपछि उनको काव्यिक व्यक्तित्व थप सुपरिचित भएको थियो । उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्वपूर्ण कृतिहरू र अन्य फुटकर कविताहरू लेखेका छन् । भानुभक्तको निधन १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू