Ads

नेकपा एस पार्टीको सचिवालय बैठक जारी


काठमाडौं ।नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक जारी छ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

उनले पार्टीले एक वर्षमा गरेका कामको समीक्षा, समसामयिक राजनीतिक विषय, सरकारका काम कारबाही र पार्टी छोडेका नेताहरूको ठाउँमा अन्यलाई जिम्मेवारी दिइने बताए।

नेकपा एस छाडेका चूडामणि जंगली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायतका नेताको ठाउँमा पार्टीले अर्को नेतालाई जिम्मेवारी दिन लागेको हो। उनीहरू नेकपा एमालेमा प्रवेश गरिसकेका छन्।

 

Ads

सम्बन्धित पोष्टहरू