अक्षय कुमार यतिबेला आफ्नो करियरको खराब चरणबाट गुज्रिरहेका छन् । लामो समयदेखि अभिनेताले एक पनि हिट फिल्म पाएका छैनन् । बक्स अफिसमा कमजोर प्रदर्शनले खिलाडी कुमारको पारिश्रमिकमा पनि असर गरेको छ । लगातार फ्लप भएका फिल्मका कारण हाइफाई शुल्क लिने कलाकारको सूचीमा शीर्ष स्थानमा रहेका अक्षयले आफ्नो पारिश्रमिक घटाएका छन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेताले आफ्नो शुल्कमा भारी कटौती गरेका छन्। हरेक फिल्मका लागि ५०–१०० करोड लिने अक्षयले लगातार फ्लप फिल्मका कारण फिल्म ओएमजी २ का लागि ३५ करोड लिएका छन् । योसँगै फिल्मका मुख्य कलाकार पंकज त्रिपाठीले ओएमजी २ का लागि ५ करोड र अभिनेत्री यामी गौतमले २–३ करोड पारिश्रमिक लिएको खबर आएको छ ।
लामो समयदेखि अक्षयको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सकेको छैन । हालै उनको फिल्म सेल्फीले १६ करोड ८५ लाख मात्रै कमाएको थियो । जबकि राम सेतुले ७१ करोड ८७ लाख कमाएको थियो । अभिनेताको फिल्म रक्षाबन्धनले पनि दर्शकको मन जित्न सकेन । फिल्मले कुल ४४ करोड ९८ लाख कलेक्सन गरेको थियो । अक्षयको फिल्म सम्राट पृथ्वीराजको पनि निकै आलोचना भएको थियो । फिल्मले ६८ करोड ५ लाख कमाएको थियो । त्यस्तै, अभिनेता बच्चन पाण्डेको फिल्मले ४९ करोड मात्रै कमाएको थियो । यस्तो सूर्यवंशीपछि अभिनेताले एउटा पनि हिट फिल्म पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्