काठमाडौं । झापाको चन्द्रगढीका लागि उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएकाे छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरिएको हो ।
अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरेर सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जानकारी दिएकाे छ । काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्