काठमाडौँ । बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी-३ का २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्