काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपाल भ्रमणमा रहेका अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।
शुक्रबार अपरान्ह सिंहदरवारस्थित परराष्ट्रमन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे चर्चा गरेका गरेका छन् ।
उनीहरूबीच अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता, बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्