Ads

प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन,राज्यको कार्यशैलीमा लोकतन्त्र हुनुपर्छ: ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताए ।

काठमाडौँमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताए । उनले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने उल्लेख गरे।

उनले भने,‘आचरण,व्यवहार,जीवनपद्धति,राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र। साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन।’
‘हामी सबैले सरकारलाई भन्नुपर्नेछ– निरपेक्ष गरिबिको रेखामुनि अहिलेपनि ठुलो प्रतिशत जनसंख्या छ’,

‘अहिले पनि देशमा भोकमरी छ । खान नपाएर भोकै मर्ने स्थिति छ यो राज्यले स्वीकार गरेको पनि छ ।’ उनले मानव भएर बाच्न पाउने आधारभूत अधिकार नै प्राप्त हुननसकेको भन्दै मानवअधिकारको जग नै कमजोर रहेको बताए ।
‘जीवन सुरक्षित जिउने कुरामा सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि हामीले कम्प्रिहेन्सिप डेमोक्रेसी भनेका हौ’, ओलीको भनाइ छ ।

साथै पञ्चायत ढलेपछिको तीन वर्षको अन्तरालमा आफू कम्तिमा ५० पटक पक्राउ परेको ।‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा म प्रतिपक्ष दलको एउटा सांसद थिएँ ।
कम्तिमा ५० पटक तीन वर्षको बीचमा म गिरफ्तारमा परेँ । कम्तिमा ५० पटक । शान्तिपूर्ण जुलुसमा सडकमा देखिन नहुने आयो च्याप्प समायो भ्यानमा कोचकाच पारेर लगिहाल्छ । मनमोहन अधिकारी पिटिनुभयो । वामदेव गौतमलाई भद्रकालीको छेउमा छेकेर सरकारले पिट्यो सडकमा । अरु नेता पिटिनुभयो ।’

एमालेका ३० हजारभन्दा बढी कार्यकर्तालाई तीन वर्षको बीचमा मुद्दा लागेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू