Ads

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।

शुक्रबार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच एमसीसीका विषयमा छलफल भएको थियो। मन्त्री लुले एमसीसी कार्यान्वयनको प्रगतिबारे प्रधानमन्त्री प्रचण्डसँग चासो राखेका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले एमसीसि छिट्टै पुर्ण कार्यान्वयनमा जाने बताएका थिए। ‘एमसीसीका कतिपय प्राविधिक कामहरू सकिएको छ। छिट्टै यो पूर्ण कार्यान्वयनमा जान्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

एक दिने भ्रमणका लागि काठमाडौं आएका लुले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू